राधी विद्युत कम्पनीलाई कारबाही गर्ने नेप्सेको चेतावनी

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत कम्पनी लिमिटेडलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

नेप्सेले खारे ईन्भेष्टमेन्ट लिमिटेडको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरण लगायत लगानी आदि पटक पटक माग गरेकोमा कम्पनीले आंशिक विवरण दिई हालसम्म लगानी विवरण नदिएको हुदाँ प्रमाणीत लगानी विवरण ३ दिन भित्र पेश गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ दफा ४८ (१)अनुसार निर्देशन दिईको छ । 

त्यसैगरी, उक्त समयावधी भित्र पेश नगरेमा धितोपत्रको प्रचलित ऐन, नियम अनुसार कारवाही गरिने चेतावनी समेत नेप्सेले दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया