काठमाडौं - अब आइपिओको रिजल्ट बाँडफाँट भए लगत्तै हेर्न पाइने भएको छ । केन्द्रीय निक्षेप प्रणाली ९सिडिएससि०ले आधा घण्टामै नतिजा हेर्ने व्यवस्था गरेको हो ।
सिडिएससिले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले उक्त सुविधा उपलब्ध हुने बताएको छ । सिडिएससिले स्तरोन्नति गरेको सिस्टमको परीक्षण मध्ये भोटेकोसीको शेयर बाँडफाँटमै गरिसकेको छ ।
परीक्षणमा सफलता मिलेपछि त्यसलाई आउने सार्वजनिक निष्कासनबाट निरन्तरता दिन लागिएको छ । परीक्षणमा अहिलेको ट्राफिकलाई समेत ध्यान दिइएको थियो ।
पछिल्लो समय एकै पटक जति मानिसले नतिजा हेर्ने गरेका थिए त्यसभन्दा बढीले हेर्ने गरी त्यसको क्षमता तोकिएको छ । जसले गर्दा एकै पटक धेरै मानिसले एकै पटक नतिजा हेरे पनि ट्राफिक नहुने बताइएको छ ।
यस अघि नतिजा आएपछि उक्त नतिजालाई थोरै थोरै गर्दै अपलोड गर्दा तथ्याङ्क अपलोड हुन धेरै समय लाग्ने गरेको थियो । तर अब सबै नतिजा एकै पटक अपलोड गर्न मिल्ने गरी सिस्टमको विकास गरिएको छ ।
प्रतिक्रिया