जापानमा पाइन्छ संसारकै महँगो फल, एउटा गेडाको मूल्य १६ लाख

४ बर्ष अगाडि

काठमाडौं - जापानमा यस्तो एउटा फल पाइन्छ जसको मूल्य संसारकै महँगो रहेको छ । जापानको रैथाने फलको रुपमा रहेको युबरी किंग खरबुजा संसारकै सबैभन्दा महँगो फल हो । 

यसको खेती जापानमा मात्रै हुन्छ र स्थानीय बजारमा किनबेच हुन्छ । निकै महँगो भएका कारण यसको निर्यात नगन्य हुन्छ । यो फल सूर्यको प्रकाशमा नभई ग्रीन हाउसमा फलाइन्छ । 

यो खरबुजा होक्काइडो प्रान्तका केही ठाउँमा मात्र फलाइन्छ । युबरी किंग खरबुजा यतिधेरै महँगो हुन्छ कि एक किलोको एउटा दानाको मूल्य १६ लाख रुपैयाँ बराबर पर्दछ । अर्थात् ३२ लाख रुपैयाँ बराबरको मूल्य एक जोडी खरबुजाका दाना पाइन्छन् ।

सन् २०१९ मा भएको एक लिलामीका क्रममा दुईवटा खरबुजाको मूल्य ५३ लाख रुपैयाँ परेको थियो । निकै महँगो यो फलको माग जापानको धनाढ्य वर्गमा निकै उच्च छ । वर्षभरी नै फल्ने यो फल १ सय दिनमा तयार हुन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया