कारोबार खुलेको दुई घण्टाको अवधिमा ५ कम्पनीमा उच्च खरीद माग, कुनमा कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको दुई घण्टाको अवधिमा मेगा बैंकसहित पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २१७ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । महालक्ष्मी विकास बैंक, ग्लोबल आइएमई समुन्नत स्किम - १, मेगा बैंक, जानकी फाइनान्स र सेन्ट्रल फाइनान्समा उच्च खरीद माग रहेको छ । ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकमा ४ लाख ६७ हजार ३१७ कित्ता शेयर खरीद माग रहेको छ ।

त्यसैगरी ग्लोबल आइएमई समुन्नत स्किम १ को ३ लाख ५० हजार ५८८ इकाई,मेगा बैंकको १ लाख ६५ हजार ६३३ इकाई,जानकी फाइनान्सको १ लाख १४ हजार ४२० कित्ता र सेन्ट्रल फाइनान्स १ लाख १३ हजार ५४४ कित्ता खरीद माग रहेको छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया