मानुङकोट भ्यू टावरसँगै होटल भ्यू टावर

४ बर्ष अगाडि

काठमाडौं - सामाजिक सञ्जालमा भाइरल बनेको तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको छ ।

दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत र यज्ञ खनालको संयुक्त लगानीमा उक्त होटल निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । एक रोपनी जमिन खरिद गरी करिब ८५ लाखको लागतमा होटल निर्माण गरिएको होटल सञ्चालक दाहालले जानकारी दिए ।

पारिवारिक वातावरणमा बस्न चाहनेका लागि चारवटा एट्याच शौचालयसहितको कोठा तथा स्नानगृह बनाइएकोे र समूहमा आउने कम्तीमा पचास जनासम्मलाई राख्न सक्ने क्षमता रहेको उनले बताए । उक्त होटलमा तालिम तथा गोष्ठीमा व्यवस्थित तरिकाले राख्न र सेवा प्रवाह गर्न सकिने भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया