काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेको १ घण्टामै नेप्से परिसूचक करिब ३३ अंकले घटेको छ ।
१२ बजेसम्म नेप्से सूचक ३२.९७ अंकले घटेर २७१६.८९ अंकमा झरेको छ । सो अवधीसम्म कारोबारमा आएका २१० कम्पनी मध्ये १७ कम्पनीको शेयरमुल्य बढेको छ भने १६५ कम्पनीको शेयरमुल्य घटेको छ । ३ कम्पनीको शेयरमुल्य स्थिर छ ।
दुई घण्टाको अवधीमा नेप्सेमा २५ लाख ३३ हजार ९३२ कित्ता शेयर २२ हजार ८३८ पटकको कारोबारमा १अर्ब ५१ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया