कारोबार समयमा बैठक बसी लाभांश घोषणा गरेपछि प्रभु बैंकको सेयर कारोबार नेप्सेमा रोक्का

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंक लिमिटेडको कारोबार रोक्का गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठक कारोबार समयमा बसी लाभांश घोषणा गरेको हुनाले यसको स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले बैंकको कारोबार रोक्का गरेको हो ।

बैंकको कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया