तेह्रथुम पावरको शेयरमुल्यमा सकरात्मक सर्किट, ८९ हजार कित्ता खरिदमाग

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा तेह्रथुम पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ । आज रु.३७०.४० बाट सुरु भएको कारोबार प्रतिकित्तामा रु.३६.३० ले बढेर प्रतिकित्ताको मुल्य रु.३९९.५० पुगेको हो । 

यस्तै, मार्केट डेपमा कम्पनीको ८९ हजार ५०१ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया