पर्यटन बोर्डद्धारा १०० महिला श्रमिकलाई रोजगार, दरखास्त  बुझाउने म्याद कात्तिक ३० सम्म

४ बर्ष अगाडि

काठमाडौं - नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ ।

कोरोना महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसर सिर्जना गर्न लागिएको हो । 

अल्पकालीन रोजगार कार्यक्रममा भाग लिन चाहने महिला पर्यटन व्यवसायी एवं श्रमिकले निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पर्यटन मजदुर खुल्ने परिचयपत्रको प्रतिलिपी र बैंक खाता नम्बर बोर्डको कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ ।

अगामी मङ्सिर १ देखि २९ गतेसम्म प्रदान गरिने रोजगार कार्यक्रमका लागि यही कात्तिक ३० गतेसम्म दरखास्त बुझाउने समय तोकिएको छ । १०० जनालाई प्रदान गरिने रोजगार कार्यक्रमबाट श्रमिकले प्रत्येक दिन एक हजार रकम पाउने बोर्डले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया