प्रदर्शनको पाँच दिनमा ‘सूर्यवंशी’ कमाई १ सय करोड नाघ्यो, नेपालमा मात्र ३ करोड नजिक

४ बर्ष अगाडि

काठमाडौं, दिपावलीलाई लक्षित गर्दै कार्तिक १९ गतेबाट प्रदर्शनमा आएको बलिउडको मल्टीस्टारर फिल्म ‘सूर्यवंशी’ ले भारतसँगै विश्वभर जबरजस्त कमाई गरिरहेको छ । २६ करोड २९ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको फिल्मले प्रदर्शनको पाँच दिनमा सय करोडको आँकडा पार गर्न सफल भएको छ ।
 
दोस्रो दिन २३ करोड ८५ लाख, तेस्रो दिन २६ करोड ९४ लाख, चौंथो दिन १४ करोड ५१ लाख र पाँचौ दिन (हिजो) फिल्मले ११ करोड २२ लाख कमाएकोछ । प्रदर्शनको पाँच दिनमा फिल्मको कमाई कूल १ सय २ करोड ८१ लाख पुगेको छ । 
 
यो फिल्मले नेपालमा समेत आक्रामक व्यापार गरिरहेको छ । नेपालमा यो फिल्मले पाँच दिनमा ३ करोडको नजिक व्यापार गरेको जानकारी प्राप्त छ । रोहित शेट्टी निर्देशित यस फिल्ममा अक्षय कुमार, कटरीना कैफ, अजय देवगन, रणवीर सिंहको अभिनय छ । फिल्ममा अक्षयको अभिनय र एक्सनलाई दर्शकले निकै रुचाएका छन् । फिल्मले भारतमै २ करोड छाप्ने अनुमान गरिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया