काठमाडौं, अरुण काबेली पावरले हकप्रद निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनको तयारी गरेको हो ।
उक्त हकप्रद निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई चयन गरेको छ ।
कम्पनीले भदौ २६ गते सम्पन्न ११ औं वार्षिक साधारण सभामार्फत यस वर्षका लागि पारित गरेको १७ प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो । यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश समेत कम्पनीले दिएको छ ।
कम्पनीले रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजारको आधारमा १७ प्रतिशत बोनस शेयर वितरण गरेको हो । बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ८५ करोड ५२ लाख १० हजार पुग्नेछ । सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो ।
प्रतिक्रिया