काठमाडौं,पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४०७ जनाको पीसीआर विधिबाट र १ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरि कूल ६ हजार ८१४ जनाको परीक्षणमा ४४० जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ६ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । यस्तै २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन्
संक्रमितमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० निको हुनुका साथै ११ हजार ४६० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ७५९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९७९ जना पुगेको छ ।
प्रतिक्रिया