पूर्वराजालाई प्रधानमन्त्री देउवाले भने : 'शासन गर्ने मन भए चुनाव जितेर आउनुस्'

४ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् ।

बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रविरुद्ध नलाग्न चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री दउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्र भएकाले शासन सञ्चालन गर्ने चाहना भएकाले चुनाव लडेर आउन आग्रह गरे । ‘मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन,’ उनले भने‚ ‘उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ?’

प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराए। उनले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँदलीरहीत हुनुपर्ने बताए। उनले भने‚ ‘जनताभन्दा ठूलो अर्को शक्ति नै छैन। जनता नै हो यो देशको मालिक, जनताले सहयोग गरेनन् भने जान्छ ।’

उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया