काठमाडौं, डिम्याट खाता खोल्ने र ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ह्वात्तै बढेको छ।
सीडीएससीका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ४६ लाख बढी पुगेको छ। सीडीएससीको तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या ४६ लाख १८ हजार ६२० पुगेको छ।
हालसम्म डिम्याट खातामा रहेको शेयरको संख्या पनि ७ अर्ब ३९ करोड २४ लाख ८४ हजार ६०४ पुगेको छ।
यस्तै मेरो शेयर प्रयोगकर्ता पनि ह्वात्तै बढेका छन्। अहिलेसम्म मेरो सेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ३४ हजार ३१९ पुगेको छ।
प्रतिक्रिया