प्राविधिक र स्वास्थ्य सेवामा कर्मचारी माग, मंसिर १४ गतेभित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी ९प्राविधिक० र स्वास्थ्य सेवा ९आठौं, सातौं० मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । 

आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो । तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने  संघीय संसद सेवा ९प्राविधिक० का लागि ७ सिट छुट्याइएको छ ।

यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ ।

१४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया