काठमाडौं - लोकप्रिय कमेडीशो मुन्द्रेको कमेडी क्लब बन्द भएको छ । केही समयअघि निषेधाज्ञाका कारण केही समय रोकिएको उक्त कार्यक्रम अब सदाका लागि बन्द भएको हो ।
मुन्द्रेको कमेडी क्लबको निर्माण कम्पनीकि एडभरटाइजिङले कमेडी क्लबमार्फत चर्चामा आएका कलाकार उमेश राई ९फुलन्देकी आमा० लाई प्रस्तोता बनाएर अर्को टेलिभिजन कार्यक्रमको घोषणा गरेसँगै यसका सञ्चालक तथा हास्यकलाकार जितु नेपालले उक्त शो बन्दगर्ने घोषणा गरेको बताए ।
सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम राख्दै जितुले उक्त शो बन्द गर्ने घोषणा गरेका हुन् । जितुले भने– ‘फुलन्देकी आमा बिना कमेडी शो नचल्ने होइन, अन्य कलाकार राखेर पनि सञ्चालन गर्न सकिन्थ्यो, तर सरसल्लाह बिनै अर्को कार्यक्रममा जाँदा खेरी टिमप्रति इमानदारिता भएन ।
उमेशजी अर्को कार्यक्रममा जानै नहुने त होइन, हामीले कुनै सम्झौता गरेका थिएनौं, तर लामो समयसम्म एउटै कोखको दाजुभाइ जस्तै मिलेर काम गरिरहेको कलाकार अचानक अर्को कार्यक्रममा जाँदा सरसल्लाह भएको भए राम्रो हुने थियो । अचानक छोड्दा चित्त दुखाई मात्र हो ।’
करिव दुई वर्षसम्म सञ्चालन भएको उक्त कार्यक्रम पहिलो सिजन अन्र्तगत ७६ भाग प्रशारण भएको थियो भने दोस्रो सिजन ५६ भागसम्म प्रसारणम आएको थियो ।
पहिलो सिजनकी अध्यक्ष्ँमा हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अध्यक्ष रहेकी थिइन् भने दोस्रो सिजनमा अभिनेत्री करिश्मा मानन्धर अध्यक्ष रहेकी थिइन् । शोका अन्य कालकारमा राजाराम पौडेल, राजेन्द्र नेपाली ९लट्टे०, लेखमणि त्रिताल, खड्कबहादुर पुन ९खबपु० लुनिभा तुलाधरलगायतका कलाकार संलग्न थिए ।
प्रतिक्रिया