काठमाडौं - शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनी १० करोड ३३ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ८४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ४ करोड ३६ लाख ५६ हजार रुपैयाँ भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
त्यसैगरी, हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी २८ रुपैयाँँ ६९ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ १० पैसा छ ।
प्रतिक्रिया