नेपाल जनरल मार्केटिङद्धारा काठमाडौं–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा आयोजना

४ बर्ष अगाडि

काठमाडौं - आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले काठमाडौं– लोमान्थाङ मोटरसाइकल यात्रा आयोजना गरेको छ । 

हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउनका लागि यात्रा थालिएको कम्पनीले जनाएको छ । सोमबार बिहान प्रदर्शनी मार्ग स्थित नेपाल पर्यटन बोर्टबाट यात्रा सुरु भएको हो । 

यात्रामा सहभागी ३० जनाभन्दा बढीले काठमाडौं–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब नौ सय किलोमिटर यात्रा गर्नेछन् ।नेपाली फुटबल टीमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा फ्ल्याग अफ गरेर यात्राको औपचारिक सुरुवात गरेका हुन् । 

 यात्रामा सहभागी सबै मोटरसाइकल चालकहरुलाई अनुशासित भएर सतकर्ता अपनाउँदै भ्रमण पुरा गर्न आग्रह गरिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया