मंगलबार शयेर बजारमा पहिरो,कारोबार रकम भने साढे ६ अर्ब माथि

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन (मंगलबार) शयेर बजारमा भारी गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ७९.७९ अंकले घटेर २७४९.८५ विन्दुमा झरेको छ । नेप्से २.८२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १६.०२ अंकले घटेर ५१२.८२ विन्दुमा झरेको छ । 

कारोबारमा आएका कूल २२५ वटा कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५ सय ४७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ ।

मंगलबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ करोड ८२ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

यस दिन ३ कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । साहास उर्जा कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो ।

आज महालक्ष्मी विकास बैंक लिमिटेड र आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । मंगलबार महालक्ष्मी विकास बैंकको शेयरमूल्य १० प्रतिशतले घटेर ७ सय ९३ रूपैयाँ ८० पैसा र  आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेर ९ सय ५६ रूपैयाँ ७० पैसामा झरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया