गुराँस लघुवित्तको  १७.७८ प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुँजीको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनस शेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

यसका साथै आर्थिक वर्ष ७७/७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आर्थिक वर्ष ७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गर्नुका साथै आर्थिक वर्ष ७८/७९ का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया