हवाई टिकटको व्यवस्था सहित दुबईमा नेपाली कामदारको माग, मासिक तलब कति ?

४ बर्ष अगाडि

दुबईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दुबई सहरमा रहेको  ROAYL FOR EMPLOYMENT SERVICES कम्पनीले १०० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।


कामदारले तलब खान बस्न सहित २६ हजार देखि ३० हजार माथि पाउने छन् । इच्छुक कामदारले सदिक्षा ओभरसिज प्रा.लि. सामाखुसी काठमाडौंमा कार्तिक ३० गते  अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च,भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया