काठमाडौं, साताको दोस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार उच्च अंकले ओरालो लागेको छ । बजार खुलेको २ घण्टामै नेप्से परिसूचक करिब ६१ अंकले घटेको छ ।
१ बजेसम्म नेप्से सूचक ६०.८७ अंकले घटेर २७६८.७८ अंकमा झरेको छ । सो अवधीसम्म कारोबारमा आएका २२२ कम्पनी मध्ये ६ कम्पनीको शेयरमुल्य बढेको छ भने १७९ कम्पनीको शेयरमुल्य घटेको छ । एक कम्पनीको शेयरमुल्य स्थिर छ ।
दुई घण्टाको अवधीमा नेप्सेमा ५४ लाख ३१ हजार ६४९ कित्ता शेयर ५४ हजार ५०० पटकको कारोबारमा ३ अर्ब १९ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया