१ लाख ६६ हजार बढी नगदसहित ९ जुवाडे पक्राउ

४ बर्ष अगाडि

काठमाडौं, प्रहरीले तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।

जनकपुरको उपमहानगरपालिका २ शिव चोकस्थित होटल जानकी राजको तेस्रो तल्लाको छतमाथि तास खेलिरहेको अवस्थामा सिरहा लहान नगरपालिका १३ घर भई सोही होटलमा लेवरको काम गर्ने २१ वर्षीय अर्जुन कुमार साह लगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ६६ हजार ९ सय रुपैयाँ, १ हजार ७ सय ५० भारतीय रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया