मुक्तिनाथ क्यापिटलको शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव, विशेष साधारण सभा आज हुदैँ

४ बर्ष अगाडि

काठमाडौं, मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा आज मंगलबार हुने भएको छ  । सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । 

सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ ।  
 
सभामा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया