दुबईमा १८५ महिला महिला सहित ४७५ जना कामदारको माग, मासिक तलब र हवाई टिकटको व्यवस्था के कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं,  दुबईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दुबई सहरमा रहेको EJADAH ASSET MANAGEMENT GROUP कम्पनीले १८५ जना महिला र २९० जना पुरुष गरि ४७५ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित २५ हजार माथि पाउने छन् । इच्छुक कामदारले अञ्जली ओभरसिज सर्भिस प्रा.लि. सामाखुसी काठमाडौंमा कार्तिक ३० गते  अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैंले बेहोर्नु पर्नेछ । 

यस्तै, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया