काठमाडौं, कालिका लघुवित्तले संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दण्डपाणी शर्माकोको नाममा रहेको ३ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय पोखरा १० कास्कीमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो
प्रतिक्रिया