काठमाडौं, मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।
नेप्सेले ५.५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू.६१८.०१ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. ६५२ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया