काठमाडौं, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् ।आइतबार प्रदेश सभाको बैठकमा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।
विश्वासको पक्षमा ५९ मत र विपक्षमा ४३ मत परेको हो । पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् । २ मत तटस्थ देखिएको छ ।
११० सदस्यमा जनामा एक जनाको मृत्यु भएको र जम्मा १०९ सदस्यमध्ये आजको बैठकमा १०४ जना उपस्थित थिए ।
तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि पाण्डे असोज ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
यस्तै,आजै मन्त्रीमण्डल विस्तारको पनि सम्भावना रहेको छ ।
प्रतिक्रिया