निशुल्क हवाई टिकट सहित कतारमा ६० जना कामदारको माग, मासिक तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं, कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको AL ATTIYAH ARCHITECTURAL CONSTRUCTION कम्पनीले ६० जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ४२ हजार माथि पाउने छन् । इच्छुक कामदारले  Mobhira Recruitment Consultancy Services Pvt.Ltd काठमाडौंमा कार्तिक २४ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैंले बेहोर्नु पर्नेछ । 

यस्तै, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया