काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिबाट परीक्षणमा आइतबार थप ३९० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ८२२ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ ।
हाल देशभर ७ हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया