काठमाडौं, तिहारपछिको पहिलो कारोबार दिन आज (सोमबार) शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक आज १९.२० अंकले घटेर २८२९.६४ विन्दुमा झरेको छ । नेप्से ०.६७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.७१ अंकले घटेर ५२८.३७ विन्दुमा झरेको छ ।
कारोबारमा आएका कूल २३० वटा कम्पनीको ७२ लाख ७ हजार ३ सय ९६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४२ करोड ७ लाख १९ हजार एक सय ३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।
यस्तै, सोमबार कारोबार रकममा महालक्ष्मी विकास बैंक लिमिटेडले अग्रता कायम गरेको छ । बैंकको ५२ करोड १० लाख ३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार साहास उर्जा कम्पनी लिमिटेड र आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साहास उर्जाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ५२ रूपैयाँ ५० पैसा र आईसीएफसीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६३ रूपैयाँ पुगेको छ । त्यस्तै, तेह्रथुम पावर र मानुषी लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । महालक्ष्मी विकास बैंकको शेयरमूल्य पनि ९.८४ प्रतिशतले बढेको छ ।
यस दिन सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको शेयरमूल्य ७.९६ प्रतिशतले घटेर २ हजार ४ सय रूपैयाँ ५० पैसामा झरेको हो ।
प्रतिक्रिया