काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आज गठबन्धनको बैठक बस्नेबारे आफूलाई थाहा नभएको बताएका छन् ।
आज साँझ ५ बजे सत्तापक्षीय गठबन्धनको बैठक बस्ने भनिएको थियो । तर, पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा अध्यक्ष नेपालले गठबन्धनको बैठक बस्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।
यसअघि आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालबीच भेटवार्ता भएको र गठबन्धनको बैठक आजै ५ बजे बोलाईएको बताईएको थियो ।
प्रतिक्रिया