एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद झन्डै २० प्रतिशतमात्रै बिक्री, कति कित्ताका लागि खरिद आवेदन ?

४ बर्ष अगाडि

काठमाडौ, एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सोमबार बिहानसम्म झन्डै २० प्रतिशतमात्रै बिक्री भएको छ।सीडीएससीका अनुसार आज बिहान साढे १० बजेसम्म बैंकको हकप्रदमा ५ हजार ७०४ आवेदकबाट कुल ४ लाख ८५ हजार ६०७ कित्ता शेयर खरिदका लागि आवेदन परेको छ। जुन कुल कित्ताको १९.९५ प्रतिशतमात्रै हो। 

एक्सेल डेभलपमेन्ट बैंकले बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गरेको छ। 

यो हकप्रदमा कात्तिक २९ गते बैंकिङ समयसम्म आवेदन दिने म्याद रहेको छ। यसअघि कात्तिक १४ गतेसम्म आवेदन दिन पाइने भनिएको थियो। मागअनुरुप आवेदन नपरेकै कारण हकप्रदमा आवेदन दिने समय थप गरिएको थियो।

हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया