तेह्रथुम पावरको शेयरमुल्य ९.९९ प्रतिशतले बढ्यो, कति कित्ता शेयर खरिदबिक्री ?

४ बर्ष अगाडि

काठमाडौं, तिहारपछि पहिलो कारोबारको दिन (सोमबार) नेप्सेमा तेह्रथुम पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ । आज रु.३००.२० बाट सुरु भएको कारोबार प्रतिकित्तामा रु.२४.६० ले बढेर प्रतिकित्ताको मुल्य रु.३२४.८० पुगेको हो । 

यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख १५ हजार ९९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 

कारोबार खुलेको पौने २ घण्टाको अवधीमा कम्पनी जम्मा ९० कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ २८ हजार बराबरको शेयर कारोबार भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया