आगलागीबाट दुई घर नष्ट

७ बर्ष अगाडि

सल्यान – आगलागीबाट यहाँ आज दुई घर जलेर नष्ट भएको छ । कालिमाटी गाउँपालिका– ६ घारेघारीमा आगलागी हुँदा ओमबहादुर खत्री र चित्रबहादुर खत्रीको घर जलेर नष्ट भएको स्थानीय हिरालाल शर्माले जानकारी दिनुभयो । 

आगलागीबाट लत्ताकपडा, अन्नपात र पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीको ो कारण खुल्न सकेको छैन । घर जलेर नष्ट भएपछि पीडित छिमेकीको घरमा बस्नु भएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया