एजेन्सी - भारतमा आजदेखि अहिलेसम्मकै धेरै साधारण सेयर ९आईपीओ० बिक्री खुला भएको छ । भारतको डिजिटल वालेट पेटीएमले अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्री खुलाएको हो ।
कम्पनीले आईपीओ बिक्री गरेरै एक खर्ब ८३ अर्ब भारतीय रुपैयाँ जुटाउने योजना बनाएको छ । यसअघि, कोल इन्डियाले एक खर्ब ५० अर्ब र रिलायन्स पावरले एक खर्ब २० अर्ब भारूको आईपीओ बिक्री गरेको थियो ।
पेटीएम भारतको डिजिटल वालेट कम्पनी हो । भारतीयले लगानीकर्ता संस्थापक रहेको यस कम्पनीमा चिनको अलिबाबा समूह र नेदरल्याण्ड्सका लगानीकर्ताको समेत लगानी छ ।
प्रतिक्रिया