सिलिड्ढस्को नयाँ लोगो सार्बजनिक, १५ बर्षे यात्रामा ठूलो छलाङ्ग

४ बर्ष अगाडि

काठमाडौं, सिलिड्ढस् ट्राभल्स एण्ड टुर्स प्रा. लि. आगामी बर्ष आफ्नो १५ औं बार्षिकोत्सब मनाउँदैछ । सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्ने गरि स्थापना गरिएको सिलिड्ढस्ले आफ्नो १५ बर्षे यात्रामा ठूलो छलाङ्ग मारिसकेको छ । आफ्नो सफलताको यो यात्रालाई उत्सवमय बनाउने अभिप्राय अनुरुप सिलिड्ढस् विभिन्न किसिमका कार्यक्रमहरु लिएर आउँदैछ ।

डेढ दशक लामो यात्रामा भएका परिवर्तनहरुलाई आत्मसाथ गर्दै सिलिड्ढस्ले आफ्नो कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको शुरुवात गरेको हो । नेपालीहरुको माहन् चाड दिपावलीको संघारमा नयाँ लोगो सार्बजनिक गर्नुका साथै डेढ दशकको यस यात्रामा निरन्तर साथ र सहयोग गर्ने आफ्नो कर्पोरेट पार्टनरहरु माझ नयाँ लोगो परिवर्तनको सन्देश प्रबाह गर्दै सिलिड्ढस् टिम शुभकामना आदान प्रदानका लागि विभिन्न एअरलाईन्स तथा कर्पोरेट हाउसहरुमा भेटघाटका लागि गए । 

सिलिड्ढस्को निलो र सुन्तले रङ्ग (ब्लु एण्ड अरेन्ज) मा संयोजन गरिएको यो नयाँ लोगोले  सिलिड्ढस्को नाम भित्रको मर्म मात्र नभएर आफना ग्राहकको सन्तुष्टि र खुशी समेत प्रतिनिधित्व गर्छ  । कुनै एक विन्दुबाट अर्को विन्दु सम्म गरिने सबै किसिमका यात्राका लागि टिकटिङ्ग गर्ने  सिलिड्ढस्ले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक लक्ष्य बनाएको छ । 

”सिलिड्ढस्को  नयाँ लोगोले ट्राभल ट्रेडमा विकास भएको आधुनिकता र बहुआयमिकता प्रट्याउँछ ।” सिलिड्ढस्कि  कार्यकारी निर्देशक पावना श्रेष्ठ भन्छन्, ”यो परिवर्तन कोभिड १९ पछिको पुर्नजागरण पनि हो ।  यसमा खुशि र आशा भरिएको छ । यसले हामी अझ बढी सेवाग्राही प्रति उत्तरदायी भएका छौं भन्ने  पनि बुझाउँछ ।” 

सिलिड्ढस्ले सेल्स ब्लिजकै शैलिमा गरेको लोगो अनभिलिङ्ग र भेटघाट कार्यक्रमले नोभेम्बर महिना भरि निरन्तरता पाउनेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया