एजेन्सी - अमेरिकी विद्युतीय सवारी साधन उत्पादन कम्पनी टेस्लाको १० प्रतिशत सेयर बेच्नेमा कम्पनीका प्रमुख कार्यकारी निर्देशक एलन मस्कलाई सुझाव प्राप्त भएको छ ।
मस्कले ट्विटर प्रयोगकर्ताहरूमाझ गरेको सर्वेक्षणअनुसार सेयर बिक्री गर्नु उचित हुने पक्षमा करिब ५८ प्रतिशत मत दिएका छन् भने त्यसको विपक्षमा ४२ प्रतिशत छन् ।
सर्वेक्षणमा ३५ लाखभन्दा बढी सहभागी भएका थिए । ट्विटरमा मस्कका ६ करोड ३० लाखभन्दा बढी फलोअर छन् । सर्वेक्षणबाट प्राप्त भएको सुझाव कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
अमेरिकी सरकारले गरेको कर कानुनसम्बन्धी व्यवस्था पछि विश्वका धनाढ्यको सूचीमा अग्रस्थानमा आउने मस्कले टेस्लाको सेयर बिक्री गर्न लागेका हुन् । यद्यपि उनले कहिले सेयर बिक्री गर्नेछन् भन्ने सार्वजनिक गरिएको छैन ।
टेस्सासँग २२ अर्ब अमेरिकी डलर बराबरको इक्विटी छ । शुक्रबार टेस्लाको सेयरको मूल्य १ हजार २२२ अमेरिकी डलर पुगेको थियो । सन् २०२० मा कम्पनीमा ७० हजार ७ सय ५७ जनाले रोजगारी पाएको तथ्यांक छ ।
प्रतिक्रिया