काठमाडौं, गत साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २७८२.१७ विन्दुमा बन्द भएको नेप्से, गत साता ६५.८९ अंक बढेर २८४८.८४ विन्दुमा पुगेको हो ।
यस साता नेप्से परिसूचक उकालो लागेमा २९०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा २७९० विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा माथि रहेको छ। यी दुबै इएमए बीचको दूरी बढ्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।
गत साता नेप्सेले सातामा बुलिश मैनबत्ती बनाएको छ। यसले बजारमा बिक्रीकर्ताहरुमाथि खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। चार्ट हेर्ने हो भने, बजार बुलिश इन्गल्फिङ्ग प्याटर्न बनेपछि बाउन्स ब्याक भएको देखिन्छ।
गत साता नेप्सेसँगै भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ७ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकि नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। नेप्सेसँगै भोल्यूम पनि बढिरहेकोले लगानीकर्ताहरु उत्साहित देखिन्छन्।
प्रतिक्रिया