२० महिनापछि विदेशी यात्रु अमेरिका प्रवेश गर्न पाउने, पूर्ण खोप अनिवार्य

४ बर्ष अगाडि

काठमाडौं - अमेरिकाले २० महिनापछि  विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ। पूर्ण खोप  लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो । 

कोरोना भाइरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो ।

यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरूले आफ्ना परिवारका सदस्यसँग भेट गर्न पाएका थिएनन् । प्रतिबन्धसँगै अमेरिकाको पर्यटन क्षेत्रले पनि ठूलो मूल्य चुकाएको थियो । 

नयाँ यात्रा प्राधान अनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोभिड नेगेटिभ देखिएको परीक्षण देखाउनु पर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया