आजरैराङ हाइड्रोपावरको सेयरको कारोबार रोक्का हुने

४ बर्ष अगाडि

काठमाडौं - आज सोमबारबाट रैराङ हाइड्रोपावर कम्पनीको सेयरको दोस्रो बजार कारोबार रोक्का हुने भएको छ । 

रैराङ रैराङ हाइड्रोपावर रिडी हाइड्रोपावरमा बिलय हुने भएकाले संयुक्त कारोबार सुरु नहुन्जेल सम्मको लागि रैराङ हाइड्रोपावरको सेयर कारोबार धितोपत्रको दोस्रो बजारमा रोक्का हुने भएको छ ।

रैराङ हाइड्रोपावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच  एक आपसमा मर्जर गर्ने सम्झौता भएको छ । बुधबार भएको समझदारी बमोजिम दुबै कम्पनीको सञ्चालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटी बन्ने भएको छ ।

कम्पनीले नेप्सेमा उठाएको पत्रमा दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेल सम्मको लागि प्रचलित कानुन बमोजिम अस्थाई रुपमा रैराङ हाइड्रोपावर कम्पनी को दोस्रो बजारमा हुने शेयर कारोबार रोक्का राखिदिन निवेदन पेश गरेको उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया