यी स्थानमा हुँदैछ हिमपातको सम्भावना, कहाँ कस्तो कहिले सम्म ?

४ बर्ष अगाडि

काठमाडौं - सोमबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बुलेटिन जारी गर्दै तीन दिनसम्म प्रदेश १ र गण्डकीमा हिमपात हुनसक्ने जनाएको हो ।

सोमबार दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली हुने बुलेटिनमा जनाइएको छ । त्यस्तै अन्य प्रदेशहरूमा आंशिक बदली हुने छ । राति भने देशभर आंशिक बदली हुने छ । प्रदेश १ र गण्डकीमा भने दिउँसो र राति पनि हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार हिमपातको सम्भावना बुधबारसम्म रहे पनि मंगलबार दिउँसो पहाडी भू–भागमा बदली हुने र बाँकी भागमा मौसम सफा रहने बताइएको छ । त्यस्तै बुधबार प्रदेश १, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक तथा सामान्य बदली हुने छ । 

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया