काठमाडौं, देशका विभिन्न स्थानबाट जुवा तास खेलिरहेको अवस्था ७९ जना पक्राउ परेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका १४ पुरानो नैकाप बस्ने ४१ वर्षीय शंकर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर थापा सहित १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा तास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ, जुवा तास खेल्न प्रयोग भएको गलैँचा १ थान र ६ सय ३४ पत्ती तास सहित पक्राउ गरेको हो ।
यता भक्तपुरको चाँगुनारायण नगरपालिका८ मा पनि सुडाल पुरीगाउँ बस्ने ५२ वर्षीय मणिराम पुरीको घरमा तास खेलिरहेको अवस्थामा पुरी लगायत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया