काठमाडौं, पछिल्लो २४ घण्टामा थप १४३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८० जनाको पीसीआर र ३५३ जनाको एन्टिजेन विधिबाट परीक्षणमा आइतबार थप १४३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ५६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ३९७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।
हाल देशभर ७ हजार ७१३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया