काठमाडौं, बलिउड सुपरस्टार सलमान खान हिन्दी फिल्मका ‘मोस्ट पपुलर’ अभिनेता मध्ये एक हुन् । उनको फ्यान फलोइङ भारतमा मात्र नभइ विश्वभर छ ।
‘बीवी हो तो ऐसी’ फिल्मबाट सहायक कलाकारको रुपमा डेब्यू गरेका सलमान खानलाई अहिले बलिउड बक्सअफिसका ‘हिट मेसिन’ भन्ने गरिन्छ । उनका १० भन्दा बढी फिल्मले सय करोडभन्दा बढीको कमाई गरेका छन् । एक फिल्मबाट सय करोडको आसपास पारिश्रमिक बुझ्ने गरेका उनले पहिलो फिल्ममा चाहिँ कति पारिश्रमिक पाएका थिए त ? यो कमैलाई थाहा हुन सक्छ ।
एक अन्तर्वार्तामा सलमानले पहिलो फिल्म ‘बीवी हो तो ऐसी’ मा आफूले पारिश्रमिक स्वरुप ११ हजार रुपैयाँ पाएको बताएका छन् । यो फिल्ममा उनले आफ्नै कपडा लगाएर अभिनय गरेका थिए । फिल्ममा छोटो भूमिका भए पनि उनले दर्शकमा आफ्नो छाप छाड्न सफल भएका थिए ।
प्रतिक्रिया