सुदूरपश्चिम, बीपीनगर हुँदै बग्ने ठूलीगाड, गडसिरी र कापडी नदीमा पाउने विभिन्न प्रजातिका माछा यो क्षेत्रमा घुम्न आउने यात्रुका लागि पहिलो रोजाइँमा पर्ने गरेको छ ।
यी नदीमा पाउने माछाबाट बनेका परिकार निकै स्वदिष्ट हुँदा यसले बीपीनगरको पहिचान बनाएको अनुभव सुनाउँछन् । स्थानीयवासी जयराज भण्डारीले ठूलीगाड नदीको माछा निकै स्वादिष्ट हुने गरेको बताए । ‘‘यहाँ पाइने माछाबाट बनेका परिकार निकै स्वादिष्ट हुन्छ’’, उनले भने, ‘‘माछाकै कारणले पनि यो क्षेत्रले आफ्नो छट्टै परिचय बनाएको छ ।’’
नदीमा विषादीको प्रयोग र करेन्ट प्रवाह गरेर माछा मार्न रोक लगाइएको गाउँपालिकाले जनाएको छ । यो नदी पूर्वदक्षिणतर्फको कर्णाली नदीमा गएर मिसिन्छ । पानीको सतह बढेको समयमा कर्णाली नदीमा पाइने माछा बीपीनगर सम्मको ठूलीगाड नदीको भाग सम्म आउने पुग्ने गरेको बताइन्छ ।
प्रतिक्रिया