भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता, बाइडेन छैटौं स्थानमा मात्र

४ बर्ष अगाडि

एजेन्सी - सर्वेक्षणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एकपटक विश्वको सबैभन्दा लोकप्रिय नेता चुनिएका छन् ।

अमेरिकी कम्पनी द मर्निङ कन्सल्टको अनुमोदन रेटिङमा प्रधानमन्त्री मोदी ७० प्रतिशतका साथ सबैभन्दा लोकप्रिय नेता चुनिएका हुन् ।

यसपटक प्रधानमन्त्री मोदीको अनुमोदन रेटिङ जुनमा जारी गरिएको अप्रुभल रेटिङभन्दा उत्कृष्ट देखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यो रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं नम्बरमा छन् भने बेलायती प्रधानमन्त्री बोरिस जोन्सन १० नम्बरमा छन् । मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर प्रधानमन्त्री मोदीपछि दोस्रो नम्बरमा छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया