जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ, ४ लाख ४३ हजार बढि बरामद

४ बर्ष अगाडि

काठमाडौं - राजधानीको नैकापबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ समेत बरामद भएको छ । 

पुरानो नैकापस्थित शंकर थापाको घरमा हारजित हुनेगरी जुवातास खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जुवाको खालबाट दुई लाख उनन्साठी हजार नौ सय पैँसट्ठी र  पक्राउ परेकाहरुको साथबाट थप एक लाख त्रियासी हजार तीन सय चालीस रुपैयाँसहित कुल चार लाख ४३ हजार तीन सय पाँच तथा जुवा खेल्न प्रयोग भएको गलैँचा थान १, तास ६३४ पत्ती समेत बरामद गरि  रुपैयाँका साथै तास समेत बरामद भएको छ । 

उनीहरुमाथि वृत्त थानकोटबाट अनुसन्धान भइरहेको परिसरका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया