मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

४ बर्ष अगाडि

ताप्लेजुङ - मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिरामी लिएर सुनसरीको धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मिल्केडाँडा छेउमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा घाइते मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको उपचारको लागी वीपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको गाउँपालिकाका प्रवक्ता दिवस चोङवाङले जानकारी दिए । एम्बुलेन्समा चालकसहित ७ जना सवार थिए । अन्य ६ जना सामान्य घाइते भएका छन् ।

उनीहरुको उपचार भइरहेको चोङवाङले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया