धितोपत्र बोर्डको अध्यक्ष बन्न लबिइङ शुरु, आधा दर्जन बढि आकांक्षी

४ बर्ष अगाडि


काठमाडौं - पूँजीबजारको नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न लबिइङ शुरु भएको छ । 

गत भदौ महीनादेखि उक्त निकाय प्रमुख विहिन छन् । अर्थ मन्त्रालयले उक्त निकायको अध्यक्ष नियुक्ति प्रक्रिया खुल्ला प्रतिस्पर्धामार्फत अघि बढाइसकेको छ । 

सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा संलग्नता पुष्टि भएपछि सरकारले तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेसँगै धितोपत्र बोर्डको अध्यक्ष पद खाली रहेको छ । 

अर्थ मन्त्रालयले अध्यक्ष पदमा नियुक्तिका लागि छनौट समिति बनाएको छ । धितोपत्र बोर्डको नयाँ अध्यक्षको कार्यकाल दुई वर्ष मात्र हुने छ । तत्कालिन अध्यक्ष ढुंगाना दुई वर्षमात्रै पुरा गरेर बर्खास्तीमा परेका थिए । बाँकी २ वर्षका लागिमात्रै नयाँ अध्यक्ष नियुक्त गरिन लागिएको हो । 

बोर्डको अध्यक्षका लागि अहिले आकांक्षीहरुले तिव्र रुपमा लबिइङ गरिरहेका छन् । बोर्डको अध्यक्षका लागि आधा दर्जन आकांक्षीहरु विभिन्न शक्तिकेन्द्रमा दौडधुपमा रहेको बुझिएको छ । 

स्रोतका अनुसार बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईं, राष्ट्र बैंकका पूर्व निमित्त कार्यकारी निर्देशक डा गोपाल भट्ट, चार्टर्ड एकाउन्टेन्ट कृष्णप्रसाद आचार्य, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, नेप्सेका पूर्व सीईओ सिताराम थपलियालगायतका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया